Print

पर्वत अस्पतालको ओपिडि सेवा पुनः सुचारु

२४ असार, पर्वत । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएका कारण बन्द भएको पर्वत जिल्ला अस्पतालको बहिरंग विभाग (ओपिडि) पुनः नियमित रुपमा सञ्चालनमा आएको छ । जिल्ला अस्पतालले कोरोना संक्रमणको महामारी जोखिमका कारण अस्पतालको नियमित विरामी जाँचको बहिरंग विभाग बन्द थियो । अस्पतालले इमरजेन्सी सेवा भने प्रवाह गर्दै आइरहेको थियो ।

पर्वत जिल्ला अस्पतालका निमिक्त सुपरीटेण्डन डा. शिशिर देवकोटाका अनुसार अहिले दैनिक ओपिडि सेवा सुचारु छ । देवकोटाका अनुसार दैनिक विरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । कोरोना संक्रमणसंग मिल्ने लक्षण देखिएमा विरामीको उपचार आइसोलेसन अस्पतालबाट गरिने र अन्य विरामीको उपचार अस्पतालबाट नै गरिदै आएको डा. देवकोटाको भनाई छ ।

पहिलो पल्ट ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिए पनि अस्पतालका सेवाहरु बन्द भएका थिए । संक्रमीत स्वास्थ्यकर्मीहरु निको भइसेका छन भने, थप अन्यमा संक्रमण पुष्टि भएको छैन । योसंगै जिल्ला अस्पतालले नियमित रुपमा प्रवाह गर्ने भिडियो एक्सरे, ल्याव, एक्सरे र विरामी जाँचको सेवा प्रवाहमा कुनै समस्या नभएको डा. देवकोटाको भनाई छ ।

संक्रमणको समयमा जिल्लामा समेत कोरोना संक्रमीत देखिन थालेपछि उच्च सावधानी अपनाएर अन्य विरामीहरुको उपचार शुरु गरिएको डा. देवकोटा बताउँछन् ।

जिल्ला अस्पतालमा अन्य विशेषज्ञ डाक्टरहरुले सेवा प्रवाह गरीरहेको डा. देवकोटाको भनाई छ । अहिले जिल्लामा संक्रमणका लक्षण देखिएका बाहेक अन्य विरामीहरुको चाप उच्च रहेको डाक्टर देवकोटा बताउँछन् । पर्वत जिल्ला अस्पताल १५ शैयाको हो । अस्पतालले भने आफ्नो क्षमता भन्दा बढि प्रकारका सेवाहरु समेत प्रवाह गर्दै आइरहेको छ ।