१९ असार, पर्वत । जिल्लामा थप ३ जना संक्रमीत भएका छन् । पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रको प्रयोशालामा गरिएको परिक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
संक्रमीत हुनेहरुमा पैयू गाउँपालकाका १ जना ३४ बर्षका पुरुष, विहादी गाउँपालिकाका २९ बर्षका पुरुष र फलेवास नगरपालिकाका १८ बर्षका पुरुष रहेका छन् । योसंगै जिल्लामा संक्रमीतको कुल संख्या ९१ पुगेको छ । उनीहरु मध्ये २७ जना निको भएर घर फर्केका छन् ।




