Print

थप २ जना संक्रमीत

१८ असार, पर्वत । जिल्लामा कोरोना संक्रमीतको संख्या २ जना थप भएको छ । पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको पिसिआर परिक्षणबाट थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु मध्ये कुश्मा नगरपालिकाका २७ बर्षका पुरुष र फलेवास नगरपालिकाका २१ बर्षका पुरुष रहेकाछन् । अद्यावधिक तथ्यांक अनुसार पर्वतमा संक्रमीतको संख्या ८८ पुगेको छ ।