१७ असार, पर्वत । पर्वत जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित महाशिला गाउँपालिकाका २६ बर्षिय पुरुष हुन । उनी भारतबाट आएर क्वारेन्टाईनमा बसि रहेका ब्यक्ति हुन ।
यो संगै पर्वतमा संक्रमितको संख्या ८६ पुगेको छ । अहिले सम्म २७ जनाले कोरोना जितेर घर फर्केका छन ।




