१२ असार, पर्वत । मोटरसाइकल दुर्घटनामा परी घाइते भइ पोखरामा उपचाररत कुश्मा नगरपालिकाका एक ब्यक्तिले कोरोना जितेका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पर्वत जिल्लाका एक जना कोरोना संक्रमीत ब्यक्ति आज डिस्चार्ज भएका हुन ।
पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनी आजै डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ । कुश्मा नगरपालिकाका ति युवा मोटरसाइकल दुर्घटना पछि गत जेठ २१ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारको क्रममा उनलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमीत युवालाई मणिपालबाट पश्चिमाञ्चल अस्पतालको आइसोलेसनमा सारिएको थियो ।
उनी संक्रमीत पुष्टि भएको २२ दिन पछि डिस्चार्ज भएका छन् । दुर्घटनामा परेको उनको टाउकोको अप्रेसन गरिएको छ । हात पनि भाँचिएका कारण अप्रेसनको तयारी गरीरहेको बेलामा कोरोना रिर्पोट पोजेटिभ आएपछि भने अप्रेसन रोकिएको थियो ।




