Print

कुश्मामा करको दर घटेन, दायरा बढ्ने

११ असार, पर्वत । कुश्मा नगरपालिकाद्धारा आगामी आर्थिक बर्षका लागि जारी नीति तथा कार्यक्रममा करको दर नबढ्ने तर दायरा बढ्ने उल्लेख गरिएको छ । नगरप्रमुख रामचन्द्र जोशीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका भित्रका सवै वडाबाट सवै नगारिकले कर तिर्न सक्ने गरी भौतिक पूर्वाधार एवम् सप्टवेयर जडान गरी करदातालाई सुलभ हुने गरी कर असुली गरिने कुरा उल्ेख गरिएको छ ।

यसैगरी नगरपालिका भित्रका ढुंगा, गिटि, वालुवा सेलेटका नयाँ स्थानहरुको प्रारम्भिक वातवरणीय मूल्यांकन गरी आन्तरीक आय परिचालन गर्ने नीति लिइने कुरा उल्ल्ेख गरिएको छ । कुश्मा नगरपालिकाका अधिकांश घरहरु अझै पनि नियमित हुन सकिरहेका छैनन् । निर्माण सम्पन्न भएका घरहर पनि करको दायरामा अझै आएका छैनन् । नीति तथा कार्यक्रममा त्यस्ता ब्यक्तिहरुसंग कसरी कर असुल गर्ने भन्ने विषयमा भने मौन छ ।

सदरमुकाम कुश्मा बजारम कतिपय घरहरु नक्शापास विना नै निर्माण भइरहेका छन् भने कतिपय घरहरु निर्माण सम्पन्न भएको लामो समयसम्म पनि करको दायरामा आइपुगेका छैनन् । यसैगरी घरभाडा कर पनि नियमित र ब्यवस्थित हुन सकिरहेको छैन । यसले नगरपालिकाको ठूलो आम्दानीको श्रोत गुमिरहेको छ ।