Print

कोरोनाबाट पर्वतमा ७० बर्षका बृद्ध पनि संक्रमीत

१० असार, पर्वत । जिल्लामा बढि उमेर समूहका ब्यक्ति पहिलो पल्ट संक्रमीत भएका छन् । जिल्लाको फलेवास नगरपालिकाका एक बुद्ध पनि संक्रमीत भएका हुन । धेरै उमेर समूहका ब्यक्ति संक्रमीत भएको पर्वत जिल्लामा यो पहिलो पल्ट हो । उनी ७० बर्षिका छन् । फलेवास नगरपालिका बासी उनी पनि भारतबाट फर्केर पुलिङ क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनबाट उनको स्वाब काठमाण्डौं स्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज मात्र पर्वतमा थप २ जना कोरोना संक्रमीत भएका छन् ।

भारतबाट फर्किएर पुलिङ क्वारेन्टाइनमा बसेका थप २ जना संक्रमीत भएका हुन । बुद्धसंगै मोदी गाउँपालकाका २३ बर्षीय युवक रहेको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा. शिशिर देवकोटा र सुचना अधिकृत प्रविन भण्डारीले हस्ताक्षरीत संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।