१० असार, पर्वत । जिल्लामा थप २ जना कोरोना संक्रमीत भएका छन् । भारतबाट फर्किएर पुलिङ क्वारेन्टाइनमा बसेका थप २ जना संक्रमीत भएका हुन । योसंगै पर्वतमा कुल संक्रमीत संख्या ७० पुगेको छ ।
संक्रमीतहरु मध्ये फलेवास नगरपालिकाका ७० बर्षका पुरुष र मोदी गाउँपालकाका २३ बर्षीय युवक रहेको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा. शिशिर देवकोटा र सुचना अधिकृत प्रविन भण्डारीले हस्ताक्षरीत संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।




