Print

पर्वतमा कोरोना संक्रमण तेस्रो चरणमा : समुदायमा फैलिएको पुष्टि

९ असार, पर्वत । जिल्लामा कोरोना संक्रमण अव भने तेस्रो चरणमा पुगेको पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक युवालाई उपचारको क्रममा पोखरामा संक्रमण देखिए पछि गरिएको कन्ट्रक्याट ट्रेसिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै क्वारेन्टाइन बाहिर समुदायमा पनि कोरोना संक्रमण फैलिएको औपचारिक पुष्टि भएको छ ।

यस भन्दा पहिले स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिए पछि गरिएको ट्रेसिङमा स्वास्थ्यकर्मीको परिवारमा पनि संक्रमण पुष्टि भएको थियो । आज मात्रै थप १ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । यस अघि ७ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

आज २२ जनामा संक्रमण पुष्टि हुँदा १७ जना भारतबाट फर्केका छन् । उनीहरु क्वारेन्टाइनमा बसेका छन् । १ जना स्वास्थ्यकर्मी छन् । बाँकी ४ जना भने स्थानीयबासी छन् । उनीहरुको ट्राभल हिस्ट्री छैन । ट्राभल हिस्ट्री नभएका ४ जनामा संक्रमण देखिनु संक्रमण अव समुदायसम्म पुगेको पर्वत अस्पतालका विशेषज्ञ डाक्टर विष्णु भण्डारी बताउँछन् । स्थानीयबासीमा संक्रमण बढेपछि श्रोत पत्ता लगाउन अव भने मुस्किल भएको देखिन्छ ।