९ असार, पर्वत । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका कुश्माका एक युवालाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । अस्पतालमा उपचार भइरहेको बेला कोरोना पोजेटिभ देखिए पछि उनको सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजी गर्दा हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन । पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहेका युवालाई अस्पतलामै संक्रमणम देखिएको थियो । उनी कुश्मा नगरपालिका वडा न ३ का युवा थिए । संक्रमण देखिए पछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
उनमा संक्रमण देखिए पछि मणिपाल अस्पतालका झण्डै ६० जना स्वास्थ्यकर्मी, चिकित्सकमा कोरोना जाँच गरिएको थियो । उनीहरुमा पनि रिर्पोाट नेगटिभ आएको थियो । यसैगरी उनलाई अस्पतालमा स्याहार गर्नेहरुको रिर्पोट पनि नेगेटिभ आएको छ । उनीसंगैको सम्पर्कमा रहेकाहरुको खोजी गर्दा कुश्मा ३ आम्बोटका १२ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये ८ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।
उनको सम्पर्कमा रहेका र उपचारमा सग्लन्न सवैको कोरोना रिर्पोट नेगेटिभ आएपछि उनमा संक्रमण कसरी भयो भन्ने श्रोत भने पत्ता लागेको छैन ।




