Print

पर्वतमा कुल ४६ जनामा संक्रमण

९ असार, पर्वत । जिल्लामा कुल ४६ जना संक्रमीत भएका छन् । संक्रमीत मध्ये ८ जना निको भइ डिस्चार्ज भएका छन् । संक्रमीतहरु मध्ये कुश्मा नगरपालिकाका १४ जना स्थानीय छन् । नगरपालिका भित्रकै पर्वत अस्पतालका ७ जना स्वास्थ्यकर्मी र १ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य पनि संक्रमीत भएका छन् ।
यसैगरी फलेवास नगरपालिकामा १२ जना र महाशिला गाउँपालिकामा ५ जना संक्रमीत भएका छन् ।

विहादी गाउँपािलकाका ३ जना र पैयू गाउँपालिकाका १ जना पनि संक्रमीत भएका छन् । यसैगरी मोदी गाउँपालिकाका १ जना र जलजला गाउँपालिकाका २ जना पनि संक्रमीत भएका छन् ।

उनीहरु सवै भारतबाट फर्केकाहरु हुन । स्वास्थ्यकर्मी ७ र स्वास्थ्यकर्मीको १ जना परिवार सदस्य भने स्थानीय हुन । भारतबाट फर्केकाहरुमा मात्र नभई जिल्लामै बसीरहेकाहरुमा पनि संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमण समुदायमा प्रवेश गरेको छ ।

८ जना संक्रमीत डिस्चार्ज भएपछि अव ३४ जना संक्रमीत उपचाररत रहेका छन् ।