६ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ सहस्रधारामा शनिवार विहान पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पहिरोले अवरुद्ध लोकमार्ग सञ्चालनमा आएको हो । अविरल बर्षातका कारण पहिरो जाँदा बागलुङ र म्याग्दी जोड्ने प्रसारण विद्युत लाइन अवरुद्ध हुनुका साथै मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध बनेको थियो ।
लोकमार्गको कुश्मा देखि बागलुङ खण्ड पूर्णरुपमा अवरुद्ध थियो । सडकलाई एक्सावेटरको प्रयोग गरेर सुचारु गरिएको प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिए । विद्यु्त प्रसारणलाई सुचारु गर्नका लागि काम भईरहेको विद्युत कार्यालयहरुले जनाएका छन् ।
पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।




