Print

पहिरोका कारण विद्यालयमा क्षती

६ असार, पर्वत । अविरल बर्षातका कारण जमिन भासिएर पहिरो जाँदा पर्वतको विहादी गाउँपालिका वडा न ५ वहाकीमा रहेको एक विद्यालयमा क्षति पुगेको छ । बर्षातका कारण विद्यालय माथिको जमिन भाँसिएर खस्दा रम्बादेवी आधारभूत विद्यालयको ४ वटा कोठाहरुमा क्षति पुगेको हो ।

विद्यालयमा नव निर्मित २ कोठ भवन र पुरानो २ कोठ भवनमा क्षति पुगेको स्थानीय ऋषीराम भुषालले जानकारी दिए । बर्षातका कारण नव निर्मित भवनमा समेत क्षति पुगेको छ । विद्यालयको पुरोना २ वटा कोठा समेत भत्किएका छन् ।

क्षतिग्रस्त भवनको गाउँपालिका अध्यक्ष कमल भु्षाल लगाएको टोलीले अनुगमन गरेको छ । विद्यालय सञ्चालनमा नआएका कारण विद्यालय खुल्नु अघि नै भवनलाई मर्मत गर्ने कार्यमा पहल गर्ने गाउँपालिका अध्यक्ष भुषालले बताए । निरन्तरको बर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा क्षती पुगेको छ । नदीका सतहहरु पनि बढेका छन् ।