६ असार, पर्वत । जिल्लामा ४ जना स्वास्थ्यकर्मी सहित १ जना सहयोगी कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना अस्पतालमा विरामीको उपचारमा खटिएका उनीहरुमा संक्रमण पुष्टि भएपछि उनीहरुाको सम्पर्कमा आएका ८१ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको छ । आज दिउँसोसम्म २७ जना भन्दा बढिाको स्वाबको रिर्पोट आइपुग्ने पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटा बताउँछन् ।
संक्रमीत डाक्टर पर्वत अस्पतालको नियमित काममा पनि खटिएका कारण उनीहरुको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मी पनि उच्च जोखिममा देखिएका छन् । अन्य स्वास्थ्यकर्मीको समेत स्वाब परिक्षण गरि परिक्षणको लागि स्वाब पठाइएकोछ । स्वाब रिर्पोटमा अन्य स्वास्थ्यकर्मी समेत थप भएमा पर्वत अस्पताल र कोरोना अस्पतालको सेवा समेत अवरुद्ध हुने अवस्था आउने डा. देवकोटा बताउँछन् ।
सिमित जनशक्ति रहेको पर्वत अस्पतालमा संक्रमीत स्वास्थ्यकर्मीको संख्या थप भएमा उनीहरुले नियमित सेवा दिन सक्नेछैनन । यो संगै पर्वत अस्पतालको इमरजेन्सी सेवा, प्रसुति सेवा र कोराना अस्पतालको सेवा समेत प्रभावित हुने देखिएको छ ।
स्वास्थ्यकर्मीको संख्या बढेमा नयाँ ब्यक्तिहरुको स्वाब संकलनमा समेत समस्या सृजन हुनेछ । प्रतिनिधि सभाका सांसद पदम गिरीले संघिय स्वास्थ्य मन्त्रालय, निर्देशनालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा आवश्यक परे थप जनशक्ति पठाउने गरी तयारी गर्न अनुरोध गरेको बताउँछन् । जिल्लाबासीको स्वास्थ्य सेवा नैर्सगिक अधिकार भएकाले स्वास्थ्यकर्मी संक्रमीत हुँदा पनि थप जनशक्तिको ब्यवस्थापन गरी ‘इमिडेट’ सेवा सुचारु गर्नुपर्न सांसद गिरीको भनाई छ ।
अस्पताल ब्यवस्थापन समतिकिा अध्यक्ष गोविन्द पहाडीले अस्पतालको नियमित सेवा सुचारु गर्नका लागि समन्वय भइरहेको बताउँछन् । आज आउने थप स्वास्थ्यकर्मीको रिर्पोटका आधारमा थप समन्वय गरिने उनको भर्नाइ छ ।
पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाले संक्रमीत स्वास्थ्यकर्मी थप भएमा अन्य जिल्लाबाट स्वास्थ्यकर्मी मगाउनुपर्ने बताउँछन् । उनले स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या हुने जानकारी दिए । आज रिर्पोट आउनेहरुमा सवैको नेगेटिभ भएमा भने वर्तमान जनशक्तिले सेवा दिन सकिने डा. देवकोटाको भनाई छ ।




