Print

पर्वतमा थप ३ जना कोरोना संक्रमीत

३ असार, पर्वत । कोरोना संक्रमीतको पर्वत जिल्लामा थपिएका छन् । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको छ ।

आज थप भएकाहरु फलेवास नगरपालिकाका हुन । उनीहरु भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका छन् । संक्रमित मध्ये २ जना पुरुष र १ जना महिला छन् । पुरुषहरु २१ र १९ बर्षका छन । महिला ४६ बर्षकी छिन् ।

उनीहरु सवैलाई क्वारेन्टाइनबाट आइसोलेसनमा लैजाने तयारी भईरहेको डा. देवकोटाले जानकारी दिए । उनीहरुको उपचार पर्वत कोरोना अस्पतालमा गरिनेछ ।