Print

दुर्लुङ पहिरो : मृतक ८ जनाको आज सामूहिक अत्येष्टि गरिने

१ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा परी मृत्यु भएकाहरुका आज सामूहि अत्येष्टि गरिने भएको छ । गत शनिवार राती आएको पहिरोमा परी एकै परिवारका ६ जना सहित ८ जनाको मृत्यु भएको छ ।

१ जना अझै बेपत्ता छन् । कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार मृतक ८ जनाको शव पोष्ट माटमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको आजै मोदीवेणी घाटमा अत्येष्टि गरिने वडाअध्यक्ष पाध्याले जानकारी दिए । भिषण बर्षातसंगै आएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा परी पहिरोमा परी मृत्यु हुनेहरुमा ६२ बर्षका तुल बहादुर थापा, ६० बर्षकी मिन कुमारी थापा, ३४ बर्षिया दिर्पा थापा, ११ बर्षिया विविसा थापा, १५ बर्षको सम्प्राट थापा र १७ बर्षको विवेक थापा रहेका छन । उनीहरु एकै परिवारका सदस्य हुन ।

यसैगरी अर्को परिवारका ३२ बर्षकी कमला विक, ८ बर्षकी प्रमिशा विकको पनि मृत्यु भएको । १४ बर्षका जेनिस विक भने हराइरहेका छन् । उनको खोजी भइरहेको छ । आइतबार साँझसम्म पनि उनको पत्ता लागेको छैन् ।