३१ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका कारण केहि घरहरुमा क्षति पुगेको छ । कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार अहिलेसम्म २ वटा घर पहिरोले पूर्णरुपमा क्षति पुराएको छ ।
एक्कासी आएको भिषण पानीका कारण ठूला मात्रामा भौतिक क्षति पुगेको बताईन्छ । प्रमुख जिल्ला अधिकारी शुम्भ रेग्मीका अनुसार अहिले पहिरो ग्रस्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको छ । पहिरोले क्षति पुराएको घरमा ८ जना परिवार रहेको वडाअध्यक्ष पाध्यायले बताए । उनीहरुको अवस्थाको बारेमा जानकारी प्राप्त भईसकेको छैन ।
रातको समय भएका कारण क्षतिको विवरण संकलन हुन नसकिरहेको वडाअध्यक्ष पाध्याले जानकारी दिए । थप विवरण आउन बाँकी




