२० जेठ, पर्वत । जिल्लामा पहिलो पल्ट देखिएका ५ जना कोरोना संक्रमीतको अवस्था सामान्य रहेका छ । कुश्माका विभिन्न क्वारेन्टाइनमा बसेका उनीहरुको रिर्पोट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
रिर्पोट पोजेटिभ देखिएका ५ जनामै कोरोना संक्रमणको जटिल लक्षण नदेखिएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटा बताउँछन् । ‘एक जना ४० बर्षिय पुरुषमा सामान्य खोकी देखिएको छ ।’ डा. देवकोटाले भने–‘ ‘उहाँहरु सवैको अवस्था अहिलसम्म सामान्य छ ।’
डा. देवकोटाले संक्रमीतहरुको स्वास्थ्य अवस्था हेरेर उपचार गर्ने बताए । संक्रमीत सवैलाई पर्वत कोरोना अस्पतालमा भर्ना गरिएको छ ।




