२० जेठ, पर्वत । छिमेकी मुलुक भारतबाट गृह जिल्ला भारत आएका ३९ जनाको पछिल्लो पल्ट थ्रोड स्वाब संकलन गरिएको थियो । ३९ जनाको थ्रोड स्वाब परिक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरु सवै भारतबाट प्रशासनको सम्पर्कमा रहेर पर्वत जिल्ला आइपुगेका हुन । यस अघि ४८ जनाको थ्रोड स्वाब परिक्षण गर्दा उनीहरु सवैको रिर्पोट नेगेटिभ आएको थियो । भारतबाट आइतबार बेलुका मात्रै थप ३२ जना आएका छन् । उनीहरु सवै कुश्मा नगरपालिकाका हुन् ।
उनीहरुको स्वाब निकालेर परिक्षणको लागि पठाउने तयारी भईरहेको छ । सोमबार पनि भारतबाट आएका मानिसहरु थपिएका छन् । योसंगै जिल्ला भित्रनेहरुमा संक्रमणको सम्भावना उच्च हुने भएको छ ।




