२० जेठ, पर्वत । जिल्लामा भेटिएका ५ जना कोरोना संक्रमीत भारतबाट आइ सिधै क्वारेन्टानमा बसेकाहरु हुन । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार प्रशासन कार्यालयको समन्वयमा भारतबाट सिधै पर्वत आइ कुश्माका क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ देखि ४० बर्ष उमेर समुहका छन् ।
फलेवास नगरपालिका २ जना र महाशिला गाउँपालिकाका ३ जना गरी कुल ५ जना संक्रमीत भेटिएका हुन । यस अघि संक्रमीतको संख्या नभएको पर्वतमा यहिलो पल्ट संक्रमण पुष्टि भएको हो । देशका १८ जना जिल्लामा संक्रमण नदेखिएका पर्वतमा पनि संक्रमण पुष्टि भएको थिए ।
योसंगै देशका ६० जिल्लामा संक्रमण देखिएको छ । यस अघि गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, स्याङजा, तनहुँ, नवलपुर, लमजुङ, गोर्खा लगाएतका जिल्लाहरुमा संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक भएको छ ।
पर्वतमा भेटिएका संक्रमीतलाई क्वारेन्टाइनबाट पर्वत कोरोना अस्थायी अस्पतालमा लगिदैछ । उनीहरुको उपचार पर्वत कोरोना अस्पतालमा गरिनेछ । संक्रमीतको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिए । पछिल्लो पल्ट ३९ जनाको स्वाब परिक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो ।




