Print

पर्वतको फलेवासमा पनि देखियो ‘डेंगु’

१९ जेठ, पर्वत । जिल्लाको फलेवास नगरपालिकाका एक बालिकामा डंगु् रोगको संक्रमण पुष्टि भएकोछ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जिल्लाको फलेवास नगरपालिका वडा न ५ खानीगाउँकी ६ बर्षिया बालिकामा डंगु रोगको संक्रमण देखिएको पुष्टि गरे ।

छिमेकी जिल्लाहरुमा देखिएको डंगु रोग यो बर्ष बर्षातको शुरुवातसंगै पर्वतमा पनि देखिएको हो ।

बालिकालाई अहिले पर्वत जिल्ला अस्पतालमा उपचार भईरहको डा. देवकोटाको भनाई छ । बालिकालाई पर्वत जिल्ला अस्पतालमा भर्ना गरिएको डा. देवकोटाले बताए ।

 

===========================================================================================

डेंगु ज्वरोका मुख्य लक्षणहरू

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँच–सात दिनसम्म रहन सक्छ । त्यसपछि ज्वरो आउनुका साथै निम्नलिखित लक्षणहरू देखापर्छन् :

० आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग असाध्यै दुख्ने ।
० ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने ।
० शरीर कटकटी दुख्ने ।
० शरीरमा बिमिरा आउने, रक्तश्राव हुने ।
धेरै ज्वरो आई माथि दिइएकामध्ये दुई वा दुईभन्दा बढी लक्षण देखापरे डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा नीलडाम देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखापर्न सक्छ ।

डेंगु ज्वरोका उपचार

डेंगु ज्वरो विषाणु भाइरसको कारणबाट हुने भएकाले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणानुसार उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । एस्पिरिन तथा आइबुप्रोफेनजस्ता औषधि खानुहँुदैन । डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डंगु ज्वरोको शंका लागे हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

डेंगु ज्वरोबाट बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ साथै लामखुट्टेको वृद्धि रोक्न यस रोगको रोगथाम गर्न सकिने भएकाले निम्न उपायहरू अपनाउनु बेस हुन्छ ः
० वर्षात्को पानी जम्न सक्ने भाँडाहरू जस्तै फालिएको खाली बट्टा, अल्कत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
० पानी जमिहालेको खण्डमा हप्तामा दुईपटक पानी वरिपरि डढेको मोबिल वा मट्टीतेल छर्कने, पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
० कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक÷दुई चम्चा मट्टीतेल हालिदिने साथै पाँच/पाँच दिनमा जम्मा भएको पानी सफा गर्ने ।
० फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्नुपर्छ । गमलाको पानी पनि हप्तामा दुईपटक सुक्न दिनुपर्दछ । सम्भव नभए दुई चम्चा डढेको मोबिल वा मट्टीतेल हालिदिनुपर्छ । त्यस्ता भाँडालाई पानी जम्न नदिएर घोप्ट्याएर राख्नुपर्छ ।