१६ जेठ, पर्वत । जिल्लाका ४ वटा स्थानीय तहलाई संघीय सरकारले विशेष अनुदान उपलब्ध गराएको छैन । संघीय सरकारले ल्याएको बजेटमा जिल्लाका १ नगरपालिका सहित ३ गाउँपालिकालाई विशेष अनुदान प्राप्त गर्ने छैनन् ।
संघीय सरकारले विशेष अनुदान मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि विशेष अनुदान उपलब्ध गराउने गर्दछ । त्यो अनुदानबाट जिल्लाका ४ वटा स्थानीयहहरु बञ्चित भएका छन् । जिल्लाका फलेवास नगरपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकाले विशेष अनुदान प्राप्त गर्नेछन् ।
संघीय सरकारमा विशेष अनुदान कार्यक्रममा पछि परेको वर्ग, समुदायको स्तरोउन्नतीका लागि पहिले नै प्रस्तावना पेश गर्नुपर्ने हुन्छ । त्यो प्रस्ताव पेश नगर्ने स्थानीय तहका लागि संघले बजेट उपलब्ध गराउँदैन ।
जिल्लाका ३ स्थानीय तहले प्रस्तावना पेश गरेका आधारमा संघले विशेष अनुदान रकम उपलब्ध गराउने भएको हो । पर्वत जिल्लाका लागि कुल ४ करोड ५५ लाख रुपैंया उपलब्ध गराउने भएका छ । जस मध्ये फलेवास नगरपालिकामा २ करोड ३५ लाख, मोदी गाउँपालिकामा १ करोड र महाशिला गाउँपालिकामा १ करोड २० लाख रुपैंया उपब्लध गराउनेछ ।




