१६ जेठ, पर्वत । आगामी आर्थिक बर्ष २०७७/७८ का लागि फलेवास नगरपालिकाका बजेट जिल्लाका ७ स्थानीय तहको भन्दा धेरै विनियोजन भएको छ । सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाद्धारा प्रस्तुत आगामी बर्षको बजेटमा समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान मार्फत फलेवास नगरपालिकाका लागि कुल ५३ करोड ७५ लाख रुपैंया विनियोजन भएको छ । फलेवास नगरपालिले समानीकरण अनुदान तर्फ १० करोड ८ लाख, शसर्त अनुदान तर्फ ४१ करोड ३२ लाख विशेष अनुदान तर्फ २ करोड ३५ लाख र समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।
यस अघि कुश्मा नगरपालिकाको बजेट सवैभन्दा धेरै हुन्थ्यो । यस बर्ष विशेष अनुदान तथा शशर्त अनुदानमा फलेवास नगरपालिकाका कुश्मा नगरपालिकाको भन्दा धेरै बजेट विनियोजन भएको छ ।
कुश्मा नगरपालिकाको भने कुल ५१ करोड १६ लाख रुपैंया विनियोजन भएको छ । कुश्मा नगरपालिकाले समानीकरण अनुदान तर्फ १३ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३७ करोड २९ लाख र समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।
जिल्लाको जलजला गाउँपािलकाले समानीकरण अनुदान तर्फ ९ करोड ४२ लाख, शसर्त अनुदान तर्फ १९ करोड ८२ लाख गरी कुल २९ करोड २४ लाख रुपैंया प्राप्त गर्नेछ ।
जिल्लाको पैयू गाउँपालिकाले समानीकरण अनुदान तर्फ ७ करोड ९४ लाख, शसर्त अनुदान तर्फ १७ करोड ५८ लाख गरी कुल २५ करोड ५२ लाख रुपैंया प्राप्त गर्नेछन ।
महाशिला गाउँपालिकाले भने समानीकरण अनुदान तर्फ ६ करोड ७२ लाख, शसर्त अनुदान तर्फ १५ करोड ८२ लाख, विशेष अनुदान तर्फ १ करोड २० लाख र समपुरक अनुदान तर्फ १ करोड ३६ लाख रुपैंया गरी कुल २५ करोड १० लाख रुपैया प्राप्त गर्नेछ ।
यसैगरी मोदी गाउँपालिकाले समानीकरण अनुदान तर्फ ९ करोड ३१ लाख, शसर्त अनुदान तर्फ २६ करोड ९२ लाख विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान तर्फ १ करोड २० लाख रुपैया गरी कुल ३८ करोड ४३ लाख रुपैंया प्राप्त गर्नेछ ।
विहादी गाउँपालिकाले समानीकरण अनुदान तर्फ ७ करोड ४९ लाख, शसर्त अनुदान तर्फ १७ करोड ९० लाख र समपुरक अनुदान तर्फ ४ करोड रुपैंया गरी कुल २९ करोड ३९ लाख रुपैंया प्राप्त गर्ने भएको छ ।




