Print

मंगलबार भारतबाट थप ६ जना पर्वत भित्रिए

१३ जेठ, पर्वत । भारतबाट मंगलबार मात्रै थप ६ जना पर्वतमा भित्रिएका छन् । रोजगारीको लागि भारत पुगेका उनिहरु स्थानिय प्रशासनको समबन्यमा जिल्ला भित्रिएका हुन ।

मंगलबार भित्रिएका ६ जना र सोमबार आएका ३ जनाको गरी ९ जनाको पिसिआर परिक्षणका लागि स्बाव संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको छ । आज पर्वत आएका उनीहरुलाई कुश्मा बजारका क्वारेन्टाइनहरुमा राखिएको बताईन्छ ।

योसंगै लक डाउनको अवधिमा भारतबाट पर्वत भित्रनेको संख्या ४७ पुगेको छ ।