१३ जेठ, पर्वत । छिमेकी जिल्ला भारतबाट पर्वत जिल्लामा फर्कने क्रम शुरु भएको छ । श्रमका लागि छिमेकी जिल्लामा गएकाहरु जिल्लाबासीहरु लक डाउनकै अवधिमा आफ्नो जिल्लामा फर्कन लागेका हुन् । विदेशबाट फर्केकाहरुलाई कुश्माका होटलहरुमा पुलिङ क्वारेन्टाइनको रुपमा राखिने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन ।
उनीहरुलाई जिल्ला आएपछि परिक्षण प्रयोजनका लागि कुश्मा स्थित होटलहरुमा राखिने छ । परिक्षण पश्चात भने संक्रमीत देखिएमा आइशोलेसन वार्डमा लगिनेछ भने, रिर्पोट नेगेटिभ आएमा स्थानीय तहले निर्माण गरेका सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाइनेछ ।
विदेशबाट फर्केकाहरु सवैलाई सिधै पालिकामा पठाउँदा संक्रमणको जोखिम बढ्ने र उनीहरुको परिक्षणमा समेत समस्या पर्ने भएकाले अस्थायी रुपमा केहि रात मात्रै जिल्ला सदरमुकाममा राखिने प्रजिअ नेपालले जानकारी दिइन् । नेपालका अनुसार उनीहरुलाई बढिमा २ देखि ३ रातसम्म मात्र कुश्माका होटलहरुमा राखिने छ । रिर्पोट आउनुपूर्व संक्रमण नफैलियोस भनेर मात्रै होटलहरुमा राखिने उनले बताईन ।
सरकारले देश भरका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने निर्णय गरेसंगै पर्वतका होटलहरुलाई अस्थायी क्वारेन्टाइनको रुपमा प्रयोग गर्न थालिएको हो । अहिले होटल ब्लू एन्जेल र बन्दना होटलमा मानिसहरु राखिएको छ । त्यहाँ राखिएका सवैको रिर्पोट नेगेटिभ आएका कारण थप १४ दिन क्वारेन्टाइनमा बस्नका लागि सम्बन्धित पालिकाहरुमा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ । पालिकाका क्वारेन्टाइनमा पुगेकाहरुलाई पुनः १४ दिन पछि परिक्षण गरिनेछ । त्यसपछि पनि रिर्पोट नेगेटिभ आएमा मात्र उनीहरु आफ्नो घरमा जान पाउनेछन् ।




