१२ जेठ, पर्वत । लक डाउनका कारण भारतमा रोजगारी गुमाएकाहरु घर फर्कन शुरु गरेका छन् । पर्वत जिल्लाबाट पनि श्रम बजारका लागि भारत गएकाहरु आफ्नो जिल्ला फर्कन शुरु गरेका हुन । लड डाउनका कारण श्रम बजार ठप्प छ । उद्योग, कलकारखनाहरु बन्द अवस्थामा छन् । यस्तो अवस्थामा रोजगारी गुमाएकाहरु आफ्नो घरमा फर्कनु बाहेकको विकल्प छैन । पर्वत जिल्लाबाट भारतमा जानेहरुको यकिन तथ्यांक नभए पनि ठूलो संख्यामा भारत जानेहरुको संख्या पर्वत जिल्लामा छ ।
लक डाउनका कारण अलपत्र परेका, रोजगार गुमाएका र घर फर्कन चाहनेहरुको संख्या ठूलो रहेपनि पहिलो चरणमा तत्काल करिब ७ सय मानिस पर्वत जिल्लामा फर्कनसक्ने अनुमान गरिएको छ । पर्वत जिल्ला अस्पतालका डा. शिशिर देवकोटाले ७ सयको संख्यामा तत्काल जिल्लामा फर्कनेको संख्या हुनसक्ने अनुमान गरेर सोहि बमोजीमको रणनीति निर्माण गर्न पर्नेमा जोड दिन्छन् । भारत संक्रमणको हिसावले उच्च जोखिम क्षेत्र भएकाले उक्त स्थानबाट आउनेहरुमा संक्रमणको सम्भावना निकै उच्च हुनेछ ।
लक डाउनको झण्डै डेढ महिनाको अवधिमा नेपालमा निकै कम संक्रमण देखिए पनि भारतीय सिमाबाट मानिस भित्राउँदा साथ संक्रमणको संख्या निकै उच्च भएको छ । नेपाल सरकारले लक डाउन शुरु गर्ने बेलामा भारतमा संक्रमण न्यून थियो । त्यो बेलामा नै नेपालीहरुलाई स्वदेशमा ल्याउन सकेको भए संक्रमणको सम्भावना कम हुने थियो । लक डाउनका कारण भारतमा ठूलो संख्यामा नेपालीहरु अलपत्र पर्दा उनीहरुमा संक्रमण झन बढेको छ ।
डा. देवकोटा भन्छन्–‘दुई महिनासम्म निकै हल्का भएको अवस्था अव भने भयायह बन्न शुरु गरेको छ ।’ स्वदेश फर्कनेहरु अधिकांश संक्रमीत भएमा उनीहरुको ब्यवस्थापन निकै चुनौतिपूर्ण रहेको डा. देवकोटा बताउँछन् । सिमित श्रोत र साधनमा ठूलो संख्यालाई ब्यवस्थापन गर्न हम्मे हम्मे पर्ने उनको भनाई छ ।
जिल्ला भर ३ सय ७५ मा क्वारेन्टाइन बेडको क्षमता छ । अवको १ महिनाको अवधिमा ७ सय भन्दा बढि मानिस भित्रिएमा उनीहरुको ब्यवस्थापन सकसपूर्ण हुने डा. देवकोटा बताउँछन् । ‘भारतमा संक्रमण न्यून हुँदै नेपालीहरु स्वदेश ल्याउन सकेको भए संक्रमणको सम्भावना न्यून हुने रैछ’ उनले भने –‘भारत रेड जोनमा परेका कारण अब भने जोखिम उच्च भएको हो ।’,
भारतमा १ सयको परिक्षणमा कम्तिमा २५ जना संक्रमीत छन् । यस्तो अवस्थामा सवै नेपाली संक्रमणमुक्त नभएर स्वदेश फर्कने सम्भावना न्यून छ । सिमाबाट सिधै क्वारेन्टाइनमा राखेर, अनुशासनपूर्वक दुई हप्ता उनीहरु क्वारेन्टाइनमा बस्ने हो भने संक्रमण नियन्त्रण गर्न सहज हुनेछ । उनले भने–‘जिल्ला आउने सवैको दुई पटक परिक्षण गर्ने तयारी गरेका छौै’ पहिलो पल्ट गरिएको परिक्षणमा नेगेटिभ आएमा उनीहरुलाई कम्तिमा २ हप्ता अनिवार्य रुपामा गाउँपालिकाका र वडाको क्वारेन्टाइनमा राख्नुपर्छ ।
सदरमुकाममा पहिलो परिक्षण गरिने र रिर्पोट नेगेटिभ आएमा गाउँमा पठाइने डा. देवकोटाले बताए । संक्रमीतको पहिलो परिक्षण नेगेटिभ पनि आउन सक्ने भएकाले गाउँ गए पछि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ । दोेस्रो परिक्षणको रिर्पोट पनि नेगेटिभ आएमा मात्र उनीहरुलाई संक्रमीत नभएको भन्न सकिन्छ । कतिपय ब्यक्तिहरु पहिलो रिर्पोट नेगेटिभ आएमा संक्रमीत नभएको भनेर गाउँ घरमा डुल्ने र क्वारेन्टाइनमा नबस्ने हो भने त्यसले थप जोखिम निम्त्याउने डा. देवकोटा बताउँछन् ।
सरकारले भारतबाट सिमा नाका हुँदै स्वदेश आउनका लागि खुकुलो बनाएको छ । यो संगै पर्वतमा आइतबार अबेलासम्म ३१ जना भित्रिएका छन् । यो क्रम अव भने दैनिक रुपमा शुरु हुनेछ । उता, तेस्रो मुलकबाट आउन चाहनेहरुलाई भने तत्काल अन्तराष्ट्रिय उडान बन्द भएका कारण रोकिएको छ । सरकारले हवाई सेवा शुरु गर्दा तेस्रो मुलु्कबाट आउने सख्या पनि हजारौ हुनेछ । यस्तो अवस्थामा संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले बिशेष योजना निर्माण गर्न जरुरी छ ।




