Print

प्रशासन कार्यालय र जनप्रतिनिधि वीच वैठक : पर्वतमा विदेशबाट आउने सवैलाई क्वारेन्टाइनमा राखिने

७ जेठ, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वत र जनप्रतिनिधिहरुका वीचमा वैठक सम्पन्न भएको छ । देश भर विपद्त्रका पूर्व सन्ध्या शुरु भइसकेको अवस्थामा पर्वतमा हुनसक्ने सम्भावित विपद्को सामाना गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुका वीचमा वैठक बसेको हो । वैठकले कोरोना संक्रमणलाई रोक्नका लागि साझा एक्यबद्धता ब्यक्त गरेको बताइन्छ ।

भारत लगाएत अन्य देशहरुबाट आउने नेपालीहरुमा संक्रमणको सम्भावना उच्च हुने हुँदा उनीहरुलाई सिधै घरमा पठाउनु पूर्व क्वारेन्टाइनमा राख्ने विषयमा जनप्रतिनिधिहरु सहमत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर विधिद्धारा परिक्षण गरेपछि मात्र उनीहरुलाई घर पठाइनेछ । पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएमा भने उनीहरुको उपचार गरिनेछ ।

सम्भावित भयाभहलाई न्यूनिकरण गर्दै संक्रमण फैलन नदिनका लागि थप रणनीति बनाउनका लागि सुरक्षा संयन्त्रको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीद्धारा बैठकको आब्हान गरिएको थियो ।

विपद् ब्यवस्थापनका लागि सुरक्षा निकायकै प्रमुख भूमिका हुने हुँदा सुरक्षा संयन्त्रको अगुवाईमा जनप्रतिनिधि तथा अन्य समुदायको समेत सहकार्यमा विपद् न्यूनिकरण कार्यमा लाग्नका लागि वैठक प्रभावकारी भएको सुरक्षा सम्बद्ध अधिकारीहरुको भनाई छ । पर्वत जिल्लाका ७ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले वैठकमा संघिय सरकारको सुरक्षा ब्यवस्था र स्थानीय तहको ब्यवस्थापनमा कोरोना संक्रमण रोक्ने कार्यमा सवै पक्ष मिलेर काम गर्न सहमत भएका छन् ।

वैठकमा संक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनका लागि संघिय सरकारले बनाएको मापढण्डको विषयमा समेत छलफल भएको थियो ।