७ जेठ, पर्वत । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पुर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका सातै स्थानिय तह संग समन्वय बैठक गरेको छ ।
भारत र तेस्रो मुलुकबाट आगामी दिनमा भित्रने जिल्लाबासीहरुको ब्यबस्थापन र संक्रमण संग जुध्नका लागि पुर्व तयारी गर्न स्थानिय तह संग भचुर्यल र कार्यालयमा नै बैठक गरिएको हो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भर्चुअल बैठक र समन्वय बैठकको कुस्मा नगरपालिकाका प्रमुख सहितका केही जनप्रतिनिधी भने उपस्थित भएका थिएनन् ।
जिल्ला प्रशासन कार्यालयले सोमबार महाशिला, पैंयु र बिहादी गाउँपालिका संग नयाँ रणनितीका बारेमा भर्चुअल बैठक सम्पन्न गरेको थियो भने मंगलबार जलजला र मोदी गाउँपालिका संग पनि यस्तै बैठक सम्पन्न गरकोे छ । बुधबार कुस्मा र फलेबास नगरपालिका संग पनि बैठक सम्पन्न भएका छन ।
फलेबास नगरपालिका संग भर्चुअल बैठक गरेको छ भने कुस्मा नगरपालिका संग शुरुमा भर्चुअल बैठककै तयारी भएपनि पछि जिल्ला प्रशासन कार्यालयमै बैठक सम्पन्न भएको छ । बैठकमा अन्य पालिकाका प्रमुख र वडा अध्यक्षहरु भचुर्अल बैठकमा सहभागी भएका थिए भने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने तथा केहि वडा अध्यक्षहरु बैठकमा सहभागि भएनन ।
नगर प्रमुख जोशी सहित बहुमत वडा अध्यक्षहरुले बैठक बहिष्कार गरेको बताएपनि प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी सहित चार वटा वडाका अध्यक्ष भने बैठकमा सहभागी भएका थिए ।
सबै पालिकाहरु संगको बैठकमा भारत र तेस्रो मुलुकबाट जिल्लामा भित्रनेहरुको ब्यबस्थापन र संक्रमण फैलन नदिनका साझा रणनिती बनाउन सबै पालिकाहरु सहमत भएका छन। भारत र तेस्रो मुलकबाट आउनेलाई शुरुमा सामुदायिक क्वोरन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा पोजेटिभ देखिएमा आइसोलेसनमा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
पिसिआर परिक्षणमा नेगेटिभ आएपनि क्वारेन्टाईन र होम क्वारेन्टाईनमा निश्चित अबधी सम्म राख्ने निर्णय समेत बैठकले गरेको छ । यस बाहेक संक्रमण बढेर मृत्यु हुने अबस्था आएमा शब ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत सहमति भएको छ ।




