७ जेठ, पर्वत । नगरपालिकाको तेस्रो बार्षिकोत्सवको अवसर पारेर फलेवास नगरपालिकाले बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रको पहिलो कालोपत्रे सडक मुडिकुवा लमायखोला सडकको किनारामा बृक्षारोपण गरेको हो । नगरकार्यपालिकाले कार्य प्रारम्भ गरेको ३ बर्ष पुगेको अवसर पारेर बृक्षा रोपण कार्यक्रम गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
शर्मामा अनुसार नगरपालिकाले सञ्चालन गरीरहेको क्लिन फलेवास ग्रिन फलेवास अभियानलाई समेत सफल बनाउनका लागि यस्तो अभियानको शुरुवात गरिएको हो । नगरपालिकाको यो अभियानले नगरभित्र हरीयाली स्थापना गर्नका लागि सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल बताउँछन् । अभियान अन्तर्गत सडक क्षेत्रका किनारहरुमा सयौको संख्यामा रुखका विरुवाहरु रोपिएका छन् ।
यसले नगर क्षेत्रमा हरीयाली स्थापना गर्न सहयोग पुग्ने नगरपालिकाले जनाएको हो । नगरपालिकाका क्लिन रोड ग्रिन रोड अभियानलाई निरन्तर सञ्चालन गरिने नगरपालिकाका प्रमुख शर्माले जानकारी दिए ।
कार्यक्रममा नगरउपप्रमुख मञ्जु अधिकारी लगाएत नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।




