Print

पर्वतमा थप ८ जनाको पिसिआर नेगेटिभ

६ जेठ, पर्वत । थ्रोड स्वाब संकलन मार्फत गएिको परिक्षणमा थप ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख शिशिर देवकोटाका अनुसार पछिल्लो संकलन भएका स्वाबको रिर्पोट नेगेटिभ आएको हो । उनीहरु मध्ये १ जना भारतबाट प्रशासन कार्यालयका समन्वयमा नेपाल आएका पर्वतेती थिए । बाँकी जिल्लाकै विभिन्न क्षेत्रका मानिसहरुको स्वाब परिक्षण गरिएको थियो ।

हालसम्म पिसिआर र आरडिटि विधि मार्फत परिक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । भोली थप मानिसको पिसिआर परिक्षण गरिनेछ । त्यस मध्य शिवालय मावि कुश्माको क्वारेन्टाइनमा बसेका १ जना र अन्य मानिसको समेत पिसिआर परिक्षण गरिने बताइएको छ ।

शिवालय माविको क्वारेन्टाइनमा बसेकाहरु मध्ये १ जनाको रिर्पोट नेगेटिभ आएको छ भने थप एक जनाको भोली परिक्षण हुने प्रहरी नाव उपरिक्षक श्यामु अर्यालले पर्वत न्यूजलाई जानकारी दिए ।