Print

भारतबाट पर्वत आएका २ जना शिवालय माविको क्वारेन्टाइनमा

६ जेठ, पर्वत । भारतबाट फर्केका २ जनालाई कुश्मा स्थित शिवालय माविको क्वारेन्टाइनमा राखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार भारतबाट फर्केका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका मध्ये दुवै जना पर्वतबासी रहेको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । उनीहरु मध्ये १ जनाको परिक्षण नेगेटिभ आएको छ । बाँकी एक जनाको भोली स्वाब परिक्षण गरिने अर्यालले बताए । दुवै जनालाई प्रशासन कार्यालयको समन्वयमा पर्वत ल्याइएको अर्यालले जानकारी दिए ।

बाँकेको कोहलपुरबाट जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाडी रिजर्व गरी कास्की, पर्वत र बागलुङका स्थानीय आएका थिए । उनीहरुलाई बसबाट सिधै क्वारेन्टाइनमा राखिएको र परिक्षण गरेपछि संक्रमीत भए उपचार गर्ने संक्रमीत नभए घर पठाइनेछ ।

जिल्लामा लुकी छिपी भारतबाट कोहि आएको रिर्पोट अहिलेसम्म नभएको प्रहरी नायव निरिक्षक अर्याल बताउँछन् । प्रहरीले जिल्लाका सवै वडाहरुमा नयाँ मानिस आए नआएको निगरानी बढाईरहेको समेत अर्यालले पर्वत न्युजलाई जानकारी दिए ।