६ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ राजाको बगरमा मानिसको शव फेला परेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतक महिला म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ०३ बस्ने वर्ष ३२ कि विष्णु जैशि हुन् । महिलाको मृत्युको कारण हत्या वा आत्महत्या भन्ने विषयमा भने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




