Print

गण्डकी प्रदेशमा जम्मा १ जना मात्र आइसोलेसनमा, संक्रमीत संख्या ३ सय ५७ पुग्यो

५ जेठ, पर्वत । सम्भावित संक्रमीतलाई राखिने आइसोलेसनमा गण्डकी प्रदेशमा जम्मा १ जना मात्रै आइसोलेसनमा रहेका छन ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मलेलनमा यस्तो जानकारी दिएका हुन । देश भर ४ सय १२ जना आइसोलेसनमा रहेकोमा गण्डकी प्रदेशमा भने १ जना मात्रै आइसोलेनमा रहेको डा. देवकोटाले जानकारी दिए ।

हालसम्म ३ सय ५७ जना संक्रमित भेटिएकोमा गण्डकी प्रदेशका ३ जिल्ला मात्रै संक्रमणबाट प्रभावित रहेको देवकोटाको भनाई छ ।