४ जेठ, पर्वत । नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको नीति अन्तर्गत पर्वतका ७ वटै स्थानीय तहमा अव सरकारी अस्पताल निर्माण हुने भएका छन । यस अघि पर्वतको कुश्मा नगरपालिकामा मात्र सरकारी अस्पताल थियो । १५ शैयाको उक्त अस्पताललाई सरकारकाले ५० शैयाको अस्पताल बनाउने गरी नयाँ भवन निर्माण कार्य शुरु गरेको छ । बाँकी रहेका ६ वटै स्थानीय तहमा अव १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्वतका दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरउन्नती गर्ने यस अघि नै निर्णय गरेको थियो ।
मन्त्रालयले यस आर्थिक बर्षमा पर्वतको कुस्मा नगरपालिका स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र, फलेबास नगरपालिकाको देबिस्थान स्वास्थ्य चौकी, मोदी गाउँपालिकाको देउपुर स्वास्थ्य चौकी र पैंयु गाउँपालिकाको हुवास स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा स्तरोन्नती गर्ने यस अघि नै निर्णय गरीसकेको छ ।
पछिल्लो समय कोरोनाको त्रासले लक डाउन भइरहेको बेला पुनः जिल्लाको जलजला गाउँपाकिलामा पनि १५ शैयाको अस्पताल निर्माण गर्ने मन्त्रालयले निर्णय गरेको छ । यस अघि पर्वतको महाशिला गाउँपालिका स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्र गत बर्ष नै अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भैसकेको थियो । यो संगै पर्वतका ७ वटा सरकारी अस्पताल निर्माण हुने भएका छन ।
सरकारले यस अघि नै स्थानीय तहहरुको गठन पश्चात सवै स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने नीति सार्वजनिक गरेको थियो । स्थानीय तहहरुमा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ केन्द्रलाई अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म त्यो प्रक्रिया भने शुरु हुन सकिरहेको छैन ।
जिल्लाको विहादी गाउँपालिकामा अस्पताल स्थापना गर्ने निर्णय गर्न भने बाँकी रहेको छ । सरकारको नीति नै सवै स्थानीय तहमा अस्पताल निर्माण गर्ने रहेको हुँदा उक्त पालिकामा पनि अस्पतालको निर्णय अर्को चरणमा हुने सरकारी श्रोत बताउँछ ।
यो पनि पढ्नुहोस




