Print

कोरोना संक्रमीत मजदुरका सम्पर्कमा आएका बागलुङ गल्कोटका ६० जनाको पिसिआर नेगेटिभ

४ जेठ, बागलुङ । गलकोटका ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार र शनिबार १ सय ९ जनाको स्वाब संकलन गरि पोखरा पठाइएकोमा जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।।

अझै ४९ जनाको रिपोर्ट आउन बाँकी छ । केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकहरुको स्वाब परीक्षण संकलन गरी पोखारा पठाइएको हो ।

उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि ८ जना, स्वास्थ्यकर्मी १६ जना, सुरक्षाकर्मी ४ जना, पत्रकार १ जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी ५ र अन्य नागरिक ८७ जान गरी १ सय ९ जनाको स्वाब संकलन गरीएको थियो ।