Print

१२ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कुश्माका ६५ बषिया बुद्ध पक्राउ

४ जेठ, पर्वत । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका –७ खरेहाका ६५ वर्षीय रमाकान्त शर्मालाई जेठ २ गते गिरफ्तार गरेको छ । आरोपितको पसलमा सामान खरिद गर्न गएको बेला पीडितलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध प्रहरीमा जेठ २ गते राति उजुरी दिएका थिए ।

शर्मालाई सोही दिन राति गिरफ्तार गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले जानकारी दिए । थापाले जेठ ४ गते जिल्ला अदालत पर्वतबाट घटनाको अनुसन्धानका लागि ६ दिनको समय थप गरिएको र आरोपितविरूद्ध बाल यौन दुरूपयोग शीर्षकमा मुद्दा दर्ता गरिने बताए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते जिल्ला अस्पताल पर्वतमा गरिएको इन्स्पेक्टर थापाले जानकारी दिए । बुद्धले बालिकालाई आफ्नो पसलमा आएको बेलामा दुब्र्यवहार गरेको आरोप लगाइएको छ । आरोपित शर्मा कुश्माका विभिन्न सामाजिक संघ संस्थामा सक्रिय ब्यक्ति हुन ।