Print

‘लक डाउनको मोडल परिर्वतन गरौं’

गणेश गिरी/पर्वत । घर भित्रै बन्दक भएको आज ३९ औं दिन भयो । चैत ११ गते देखि घर भित्रको बसाईमा नेपाली छन् । २०७६ साल, चैतबाट शुरु भएको लक डाउन बैशाख महिनाको अन्तिम सातासम्म जारी हुँदैछ । सरकारले चौथो पटक म्याद थप गरी लक डाउनको अवधि वैशाख २५ गतेसमम्मका लागि बढाएको छ । यो अवधिमा जम्मा ५६ जनामा कोरोना पुष्टि भएको छ । लक डाउन पूर्व १ जनामा कोरोना पुष्टि भएको थियो । कुल ५७ जनालाई अहिले कोरोना देखिएको छ (१८ वैशाखसम्मको तथ्यांक) । संख्यात्मक रुपमा यो संख्या निकै कम हो । ३९ दिनसम्म लक डाउनको अवधिमा देखिएका यो सख्यामा १६ जना विरामी भने सञ्चो भएर घर फर्किएका छन । उदयपुरको एउटै गाउँमा २८ जनामा संक्रमण पुष्टि हुँदा संख्या ठूलो देखिएको हो । पहाडी क्षेत्रमा भेटिएका संक्रमीत निको भईसकेका छन । (भोजपुरका १ जना बाहेक) बाँकी संक्रमीत भारतीय सिमाबर्ति जिल्ला र तराई क्षेत्रका छन् । उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

एता, गण्डकी प्रदेशमा २ जना संक्रमीत भेटिएका थिए । उनीहरु दुवै जना बागलुङका हुन् । ति दुवै संक्रमीत उपचार पछि रिर्पोट नेगेटिभ आए पछि घर फर्केका छन् । योसंगै सिंगो गण्डकी प्रदेश नै अहिले कोरोनामुक्त भएको छ । संक्रमीत नेभेटिदा लक डाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन । संक्रमीत भएका क्षेत्रमा लक डाउन गर्दा सामाजिक भेटघाट र दुरी कम हुँदा संक्रमण फैलने सम्भावना कम हुन्छ । त्यसका लागि लक डाउनको आवश्यकता छ । तर, संक्रमीत नभेटिएका ठाउँमा लक डाउनको अवधि पूर्वअवस्थामा जस्तै बढाउँदै जाँदा जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

मानवीय न्यूनतम आवश्यकताहरु पुरा गर्नका लागि जन जीवनमा क्रमशः समस्या सृजना हुँदैछ । अलपत्र परेका, आफ्नो घरमा फर्कन नपाएका देश भित्रकै कतिपय मानिसहरु भोकभरीको अवस्थामा पुग्न लागेका छन् । देश विकासका अधिकांश योजनाहरु अलपत्र अवस्थामा छन् । खाद्यन्न र उपभोग्य वस्तुको क्रमशः मूल्यबृद्धि हुँदैछ । यस्तो अवस्थामा सरकारले अव लक डाउनको मोडल परिर्वतन गर्नुपर्दछ । अन्तराष्ट्रिय उडान र छिमेकी देशको नाका बन्दलाई कायम गरेर देश भित्रको लक डाउनको मोडलमा परिर्वतन गर्नु उपयुक्त देखिन्छ । संक्रमीत नभेटिएका जिल्ला वा प्रदेशहरुलाई लक डाउनलाई खुकूलो बनाउनु तर्फ सरकारले निर्णय गर्नुपर्नेछ । कोरोना संक्रमणको त्रास विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ सम्म कोरोना संक्रमण  रहनसक्ने पूर्वानुमान छ । यसको भ्याक्सिन पत्ता नलागेसम्म अवस्था जतिबेला पनि संकटग्रस्त बन्नसक्ने देखिन्छ । यस्तो अवस्थामाा लक डाउन मात्रै पनि अवको विकल्प होइन् । मानिस आफै जागरुक हुनुपर्छ, सामाजिक दुरी कायम गर्न । नियमित काममा फर्कने, सामाजिक दुरी कायम गर्ने, माक्स र सेनिटाइजरको प्रयोग गर्न तर्फ सजक हुँदा संक्रमण फैलने सम्भावनना कम हुन्छ ।

कोरोना संक्रमणको दर नेपालमा कम मात्रामा देखियो । बागलुङमा २ जनामा संक्रमण पुष्टि हुँदा उनीहरुको घर, छिमेक र जिल्लाका अरुमा संक्रमण देखिएन् । छिमेकी जिल्लाहरु पनि सुरक्षित रहे । यी सवै दृटान्तका आधारमा कोरोना संक्रमणको पहिलो चरण भयाभह भएन् । अव हामीले दोस्रो चरणको लडाईको शुरुवात गर्नुपर्छ । त्यो भनेको दुरी ‘मेन्टेन’ गर्नुनै हो । संक्रमण देखिएको स्थानमा सिल गर्ने । अत्यावश्यक बाहेकका काममा एक ठाउँबाट अर्को ठाउँमा नजाने गर्नुपर्छ । नियमित, दैनिक र आवश्यकताका आधारमा मात्र यात्रा गर्दा पनि भिडभाड कम हुनेछ । सभा, समारोह, गोष्ठि, सेमिनारहरुलाई निरुत्साहित गर्ने, सामाजिक कार्यहरुमा सहभागीता निकै कम गर्ने कार्य गर्नुपर्दछ । भिडभाड हुनसक्ने क्षेत्रहरुमा पूर्व तयारी गरेर त्यसको नियन्त्रण र ब्यवस्थापनका लागि योजना बनाउन सकिन्छ । नेपालको अधिकांश भु भाग ग्रामीण क्षेत्र छ । यहाँ बाक्लो घना बस्ती छैन । त्यसैले पनि घना बस्ती भएका बजार क्षेत्रमा सुरक्षाकर्मीको प्रयोग गरेरै भए पनि भिडभाड नियन्त्रण गर्न असहज छैन् । यस्तो अवस्थामाा सुरक्षा कवचहरुको पूर्ण प्रयोग मार्फत लक डाउनको शैलीमा अव क्रमशः परिर्वतन गर्दै जानु उपयुक्त हुन्छ । प्रकाशित मिति १९ वैशाख, २०७६