२१ वैशाख, पर्वत । लक डाउनका ४० दिन पछि पर्वतको कुश्मामा रहेका वैंकहरुमा कारोबार बढेको छ । लक डाउन विस्तारै खुकूलो बन्दै गएको महशुस भइरहेको बेला वैंकहरुमा कारोबार बढेको हो । सदरमुकाम कुश्मामा रहेका एक दर्जन भन्दा बढि वैंकहरु मध्ये केहिले लक डाउनको अवधिमा पनि अत्यावश्यक कारोबार भने प्रदान गर्दै आइरेहका थिए । लक डाउनको अवधि लम्बिदैँ जाँदा वैकिङ कारोबार बन्द हुँदा आर्थिक गतिविधिहरु मन्द थिए ।
लक डाउनको अवधिमा अत्यावश्यक सेवाका लागि नेपाल वैक, राष्ट्रिय बाणिज्य वैंक लगाएतका आधा दर्जन भन्दा बढि वैंकहरुले दैनिक सेवा भने यस अघि प्रदान गर्दै आइरहेका थिए । जिल्लामा संक्रमित नभेटिएसंगै वैंकहरुमा सेवा लिन आउने भने यतिबेला बढेका छन् । स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता पनि वैंकहरुबाट उपलब्ध गराउँदै आएका कारण वैंकहरुमा यतिबेला सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या पनि बढेको छ । वैंकको सेवा लिन लाइनमा बस्नेहरुले भने न्यूनतम रुपमा सामाजिक दुरी कायम गरेका छैनन् । अधिकांश सेवाग्राहीले मास्र्स पनि प्रयोग गरेको भेटिदैनन् । वैंकहरुले भने दैनिक निश्चित संख्या तोकेर सेवा प्रवाहको शुरुवात गरेका थिए । आइतबार नेपाल वैक लिमिटेड एभरेष्ट वैंक लगाएतका वैंकहरुमा सेवाग्राहीको चाप बढेको छ । ति वैंकहरुमा पेन्सन लिनेको संख्या धेरै भएका कारण पनि चाप बढेको देखिन्छ ।
लक डाउनको ४० औं दिन पछि भने प्रशासनले पनि मानिसको आन्तरीक आवतजावतमा कडाई गरेको छैन । योसंगै वैंकहरुमा सेवाग्राहीको भिड बढेको देखिन्छ । उता, सरकारले लक डाउनलाई केहि खुकुलो बनाउने मापढण्ड पनि निर्माण गरेको छ । संक्रमण प्रभावित क्षेत्रलाइ रेड जोन, संक्रमण उन्मुख स्थानहरुलाई एल्लो जोन र संक्रमीत क्षेत्रलाई ग्रिन जोनको अवधारणा अघि सारेको छ । यो मापढण्ड लागु भएपछि ग्रीन जोनमा पर्ने जिल्लाहरुमा लक डाउन पूर्ण रुपमा खुल्ला हुनेछन । एल्लो जोनमा रहेका जिल्लाहरुमा लक डाउन कायम गरी मुख्य क्रियाकलापहरु मात्र सञ्चालन गर्ने सरकारको तयारी छ । संक्रमण भेटिएका रेड जोनका जिल्लाहरुमा भने लक डाउन पूर्ण रुपमा लागू हुनेछ । सरकारले थप गरेको लक डाउन आगामी वैशाख २५ गते सकिँदैछ ।
पर्वत जिल्लामा भने हालसम्म संक्रमिण फेला परेका छैनन । ८४ जनाको पिसिआर प्रविधि मार्फत भएको परिक्षणमा सवैको रिर्पोट नेगेटिभ भेटिएको छ । यसैगरी आरडिटि प्रविधि मार्फत गरिएको ३ सय ६८ जनाको परिक्षण पनि नेगेटिभ भेटिएको छ । कतिपय जिल्लाहरुमा आरडिटि परिक्षण पोजेटिभ देखिए पनि पिसिआर नेगेटिभ देखिएका छन् । पर्वत जिल्लामा भने आरडिटि परिक्षणमा पनि कसैको पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छैन् । योसंगै जिल्लाको लक डाउनलाई खुकुलो बनाउँदै लगिएको देखिन्छ ।
सुरक्षा अधिकारीहरुले लक डाउन खुकुलो बनाइएको जानकारी नगराए पनि नागरिकहरु आफ्नो सामान्य दिनचर्यामा फर्कन थालेका छन् । बजारमा अत्यावश्यक खाद्यन्न पसलहरु, तरकारी पसलहरु, मासुजन्य उपभोगका पसलहरु तथा औषधि पसलहरु खुल्ला छन् । खाद्यन्न सामाग्री ढुवानी तथा निर्माण सामाग्री ढुवानी गर्ने प्रयोजनका लागि सवारीहरुमा सहज आगमनको ब्यवस्था मिलाईको छ । गाउँबाट बजार र बजार देखि गाउँ आउने जानेहरुको आगमनमा पनि कडाई गरिएको छैन । सदमुकाम देखि जिल्ल्लाका मुख्य ब्यापारीक केन्द्रहरु हुवास बजार, पर्वत वेनी, डिमुवा बजार, पातिचौर बजार, कार्किनेटा बजारका अन्य पसलहरु भने बन्द छन् । सार्वजनिक यातायात भने सञ्चालनमा छैनन् । जिल्लामा सञ्चालीत विकास निर्माणका केहि आयोजनाहरुको काम भने शुरुवात भएको छ । सरकारले वैशख २५ गते थप गर्ने लक डाउनको प्रकृर्ति फरक भएमा जनजीवन थप सामान्य हुने देखिन्छ ।




