Print

पर्वतमा ३ सय ११ जनाको कोरोना परिक्षण

३ वैशाख, पर्वत । जिल्लामा भारतबाट आएका र तेस्रो मुलकबाट आएका ३ सय ११ जनाको कोरोना परिक्षण गरिएकोे पर्वत अस्पताल र स्वास्थ्य कार्यालयले जनाएका छन । कोभिड–१९ भाइरस संक्रमीतका सम्भावित ब्यक्तिहरुको स्थानीय तहले तयार गरेको सुचि अनुसार उनीहरुको परिक्षण गरिएको हो ।

ंसंक्रमणको सम्भावना विदेशबाट आएकाहरुमा देखिएकाले उनीहरु सवैको परिक्षण गरिएको पर्वत जिल्ल्ला अस्पतालका निमिक्त प्रमुख डा शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार पहिलो चरणमा तेस्रो मुलकबाट आएका ६६ जनाको थ्रोड स्वाब संकलन गरिएको थियो ।

उनीहरु सवैको रिर्पोट नेगेटिभ आए पछि पुनः भारतबाट आएका सवैको ¥यापिड डाइगोनिष्ट टेष्ट गरिएको डा. देवकोटाले बताए । कुल २ सय ४३ जना भारतबाट चैत्र महिना शुरु भएपछि पर्वत आएका थिए । भारतबाट आएकाहरुको ¥यापिड डाइगोनिष्ट टेष्ट गर्दा पनि रिर्पोट नेगेटिभ आएको डा. देवकोटाको भनाई छ ।

बागलुङमा ¥यापिड डाइगोनिष्ट टेष्टमा पोजेटिभ देखिएकी महिलासंगै भारत भ्रमण गरेका पर्वतका थप दुई बृद्धको समेत थ्रोड स्वाब परिक्षण गरिएको थियो । उनीहरुको पनि रिर्पोट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।

¥यापिड डाइगोनिष्ट टेष्ट र थ्रोड स्वाबबाट कुल ३ सय ११ जनाको परिक्षण पर्वत जिल्लामा सम्पन्न भएको छ । परिक्षण गरिएका मध्ये हालसम्म कसैको पनि शंस्कास्पद नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले जानकारी दिए ।

‘जिल्ला सानो भएका कारण पनि हामीले सवै विदेशबाट आएकोहरुको खोजी छिटो गर्न सफल भयौ’ उनले भने–‘स्थानीय जनप्रतिनिधिले तयार गरेको सुचिलाई हामीले निरन्तर फलो गरीरहेका छौं ।’

बागलुङमा दुई जना कोरोना संक्रमीत भेटिएसंगै पर्वत जिल्ला उच्च जोखिमपूर्ण अवस्थामा रहँदै आएको छ । साविक धौलागिरी क्षेत्रको मुख्य नाका भएका कारण पनि जिल्लामा संक्रमणको जोखिम कायम रहेको चिकित्सकहरुको भनाई छ ।