२ वैशाख, पर्वत । जिल्लामा विदेशबाट फर्किएकाहरु सवैको र्यापिड डाइगोनोस्टिक टेष्ट गरिएको छ । बिदेशबाट फर्किएका २ सय ४३ जनाको परिक्षण नेगेटिभ देखिएको डा। देवकोटाले जानकारी दिएका छन ।
जिल्लामा चैत्र महिना पछि विदेशबाट फर्किएका सवैको परिक्षण कार्य सकिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
जिल्लाका ७ वटै स्थानीय तहमा पुगेर उनीहरुको परिक्षण गरिएको थियो । परिक्षणमा सवेको रिर्पोट नेगेटिभ देखिएको डा. देवकोटा बताउँछन ।
यसैगरी थ्रोड स्वाब संकलन गरिएकाहरुको रिर्पोट पनि नेगेटिभ देखिएको छ । जिल्लामा कुल ६८ जनाको थ्रोड स्वाब संकलन गरिएकोमा उनीहरु सवैको रिर्पोट नेगेटिभि देखिएको हो ।




