२६ चैत, पर्वत । विदेशबाट फर्किएर घरमै बसिरहेका पर्वतका थप १४ जनामा कोरोना संक्रमण देखिएन ।
पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार विहिबार जाँच गरिएका पर्वतका १४ जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको हो ।
बाँकी ४ जनाको रिर्पोट आउन बाँकी रहेको छ । उनीहरु पनि विदेशबाट फर्किएका नागरिक हुन । यो संगै पर्वतमा कुल ४६ जनाको रिर्पोट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।




