Print

राहत वितरणमा दुरी कायम गर्न र तस्विर नखिच्न मोदी गाउँपालिकाको आग्रह

२६ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले कोरोना संक्रमणको उच्च जोखिम अझै कायम रहेको जनाएको छ । गाउँपालिकाले लड डाउनको अवधि नसकिएको र संक्रमणको जोखिम अझै पनि उच्च रहेको भन्दै लक डाउनलाई अझै कडाईका साथ पालन गरिने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले गाउँपालिका भित्र वितरण हुने राहतमा कडाई गरिएको जनाएका छन ।

उनले विपन्न र मजदुर वर्गलाई वितरण गरिने राहतको तस्विर नखिच्न आग्रह गरेका छन । क्षेत्रीले सरकारले तोकेको मापढण्ड अनुसारको सामाजिक दुरी कायम गर्न समेत अपिल गरेका छन ।

राहत वितरण कार्यमा अनावश्यक भिड नगरी राहत वितरण कार्यलाई अघि बढाउन क्षेत्रीले अनुरोध गरेका हुन । मोदी गाउँपालिकाका केहि वडाहरुमा राहत वितरण कार्य सकिएको छ ।

बाँकी रहेका केहि वडाहरुमा सामाजिक दुरी कायम गरी, भिडभाड नगरी, अनावश्यक तस्विर नखिची राहत वितरण कार्य सम्पन्न गर्ने क्षेत्रीको भनाई छ ।