Print

पर्वतमा हालसम्म ३२ जनाको कोरोना परिक्षण, २३ जनाको नेगेटिभ

२६ चैत, पर्वत । जिल्लामा हालसम्म ३२ जनाको मात्र परिक्षण भएको छ । जसमध्ये २३ जनाको नेगेटिभ रिर्पोट आएको छ भने ९ जनाको रिर्पोट आउन बाँकी रहेको पर्वत अस्पतालले जनाएको छ ।

२३ जना मध्ये पहिलो परिक्षण कतार एरवेजमा आएका बागलुङका एक युवकको गरिएको थियो । विदेशबाट फर्के पछि पर्वतको कुश्मामा बस्दै आएको उनको परिक्षणको नतिजा नेगेटिभि आएको थियो लगतै पर्वतकै विहादी गाउँपालिका बाच्छाकी एक महिलाको परिक्षण गरिएको थियो । उनका श्रीमान केहि दिन अघि मात्रै भारतबाट फर्केका थिए । श्रीमान विरामी नभए पनि श्रीमति विरामी हुँदा उनलाई कोरोनाको आशंका गरी परिक्षण गरिएको थियो । उनमा पनि संक्रमण भेटिएको थिएन ।

सम्भावित संक्रमितहरुको खोजी गर्न क्रममा पर्वतको जलजलाका धाइरिङका एक युवाको परिक्षण गरिएको थियो । उनी कतार एरवेजमा आएकी बागलुङकी संक्रमीत युवतीसंग काठमाण्डौं देखि पोखरासम्म विमानमा संगै आएका थिए । उनको नतिजा पनि नेगेटिभ आएको थियो । यसैगरी बागलुङकी संक्रमित युवतीका नातेदार जलजला गाउँपालिका नाङलीवाङका युवाको परिक्षण परिक्षण गरिएको थियो । उनको नतिजामा पनि कोरोना संक्रमण पुष्टि हुन सकेन ।
कोरोनाका सम्भावित संक्रमितहरुको दायरा बढाउने क्रममा बागलुङकी संक्रमीत महिलाका दुई नातेदारको पनि परिक्षण गरियो । उनीहरु दुवै कुश्मा नगरपालिका चुवाका बासिन्दा हुन । उनीहरुमा पनि संक्रमण देखिएको थिएन ।

योसगै पर्वतमा कोरोना परिक्षणको दायरा बढाउन दोस्रो चरणको अभियान शुरु गरियो । दोस्रो चरण अन्तर्गत जिल्ला भित्र विदेशबाट फर्केकाहरुको परिक्षण कार्य शुरु भएको छ । सम्पर्कमा आएका तर परिक्षणका लागि नआएका तथा लक्षण नदेखिएकाहरुलाई पनि परिक्षणको दायरामा ल्याएर उनीहरुको समेत परिक्षणको काम यतिबेला भईरहेको छ ।

उनीहरु मध्ये कुश्मा नगरपालिकाका ८ जनाको परिक्षणका नतिजा पनि आएको छ । ति सवैको नतिजा पनि नेगेटिभ देखिएको अस्पतालले जनाएको छ । यसैगरी जलजला गाउँपालिकाबाट संकलन गरिएको ९ जनाको नमुना पनि नेगटिभ आएको छ । योसंगै जिल्लामा कुल २३ जनाको रिर्पोट नेगेटिभ आएको हो । जिल्लाको फलेवास नगरपालिकाका ९ जनामा संकलन गरिएको रिर्पोट भने आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।