Print

जलजला गाउँपालिकामा ३० लाखको विपद् कोष, अध्यक्ष मल्लद्धारा विपद् कोषमा २ लाख सहयोग

२० चैत, पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतको जलजला गाउँपालिकामा आपतकालीन कोष खडा गरिएको छ ।

विहीवार सम्पन्न कार्यपालिकाको वैठकले रु ३० लाख रुपैयाको आपतकालीन कोष स्थापना गरेको हो । वैठकले पालिका भित्र मजदुरी गरेर जिविको पार्जन गरि बस्ने श्रमिकहरुलाई राहत समेत दिने निर्णय भएको छ । वैठकले गाउँपालिका स्थित मोहनचोकमा २० वटा बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय समेत गरेको छ ।

स्थापना गरिएको राहत कोषबाट क्वारेन्टाईनमा लाग्ने खर्च, औषधी उपचार देखि सबै ब्यहभार बेर्होनै निर्णय भएको गाउँपालिकाका प्रबक्ता देबेन्द्र भण्डारीले जानकारी दिए । उनले वारीबेनी र बगरफाँटमा बगरफाँटमा दोस्रोपटक किटनासक औषधी छर्कने कार्यक्रम रहेको बताए ।

राहत कोषमा गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले बिहीवारै दुई लाख रुपैया नगद सहयोग गरेका छन । उक्त रकम प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेका हुन। कार्यपालिकाले बिपद कोषमा राहत सामाग्री साथै नगद सहयोग गर्नका लागि आव्हान समेत गरेको छ ।

सहयोगीहरुले गाउँपालिकामा सम्पर्क गर्न सक्ने बताउँदै पालिकाभित्र एकद्धार प्रणालीवाट राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।