Print

बेनी अस्पतालमा भर्ना भएकी पर्वतकी अर्की महिलाको रिर्पोट पनि नेगेटिभ

२१ चैत, पर्वत ।  बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।

पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिनाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
कोरोना भाइरसको आशंकामा ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन गरि पोखरा पठाइएको थियो ।

पठाइएको स्वाव बुधवार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल को प्रयोगशालामा परिक्षण गरी पुन पुरिक्षणका लागि विहिवार काठमाण्डौं लगिएको हो ।

काठमाण्डौको टेकु अस्पतालमा पनि परिक्षण गर्दा पनि  नेगेटिभ  अाााएकाे हाे ।