१८ चैत, पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविका पार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।
कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढीलाई चामाल,दाल, तेल, नून वितरण गरेको हो । युवा संघ पर्वतले मुस्लिम समुदायमा रहेका विपन्न परिवार, जिल्लाबाहिरका पर्वतमा मजदुरी गरेर खाने मजदुरलाई खाद्यन्न वितरण गरेको हो ।
मुस्लिम सेवा समाजको लागि एकमुष्ट रुपमा ४ बोरा चामल,कुश्मा ज्याला मजदुरी गर्ने समशुल हक मिया,मिठु सुवेदी,र भगवती कुमालको परिवारलाइ एक एक बोरा चामल नुन तेल र दाल प्रदान गरेको हो ।
युवासंघले स्याङ्जा बाट कुश्मा आएर ज्याला मजदुरी गर्ने मनोज जिटि को ३ जनाको परिवारलाई १५ केजि चामल नुन तेल र दाल,म्याग्दी बाट आएर कुश्मा मा ज्याला मजदुरी गर्ने टेक बहादुर बिकको ६ जनाको परिवारलाइ ३० केजि चामल नुन तेल दाल प्रदान गरेको छ ।
विभिन्न ब्यक्तिहरुको सहयोगमा संकलन भएको खाद्यन्न युवासंघले हस्तान्तरण गरेको हो ।




