१८ चैत, पर्वत । कोरोना रोगको उपचारका लागि अस्थायी रुपमा स्थापना गरिएको पर्वत कोरोना अस्पतालमा मंगलबार कुनै नयाँ विरामी भर्ना भएनन । अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार मंगलबार नयाँ विरामी भर्ना भएका छैनन ।
भाइरस संक्रमणको लक्षणहरु देखिएका विरामीलाई मात्र कोरोना अस्पतालको आइसोलेसनमा राख्न्ने गरिन्छ ।
त्यसता विरामी मंगलबार सम्पर्कमा नआएका कारण नयाँ विरामी नगरिएको डा.देवकोटाको भनाई छ । यस अघि भर्ना भएका दुई जनाको रिर्पोट आउन बाँकी छ । एक जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।
विहादी गाउँपालिकाकी एक महिलाको रिर्पोट नेगेटिभ आएको हो । योसंगै पर्वत अस्पतालबाट पठाएको दुई वटा रिर्पोट नेगेटिभ आएको छ ।




