Print

‘कांंग्रेसले जसरी नेकपाले भ्रष्ट्रचारीलाई फुल, माला लगाएर बजारमा ¥याली गर्दैन’–सांसद गिरी

१५ फागुन, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका सांसद पदम गिरीले नेकपाले भ्रष्ट्रचारीलाई बोकेर फुल माला लगाएर बजार नघुमाउने बताएका छन । उनले नेपाली कांग्रेसलाई कटाक्ष गर्दै भ्रष्ट्रचारीले सजाय पाएर जेलबाट छुटेपछि फुल माला लगाएर ¥याली कम्युनिष्ट पार्टीले नगर्ने बताएका हुन । वर्तमान सरकार भ्रष्ट्रचारको विषयमा शुन्य सहनशिलताका साथ अघि बढेको बताउँदै गिरीले अडियो प्रकरण सार्वजनिक हुँदा साथ प्रधानमन्त्रीले मन्त्रीको राजीनामा मागेको बताए ।

गिरी भन्छन–‘आफू सिसाको महलमा बस्ने र अर्काको घरमा ढुंगा हान्ने काम कांग्रेसले बन्द गर्नुपर्छ ।’ देशका ठूला ठूला काण्डहरु यो सरकार आउनुपूर्व नै घटेको स्मरण गराउँदै ति काण्डको पदाफार्स वर्तमान सरकारले गरेको बताए । उनले ह्वाइट बडि, ३८ केजि सुनकाण्ड र बालुवाटार काण्ड पहिले देखिकै ठूला भ्रष्ट्रचारका काण्ड भएको बताउँदै ति काण्डमा  कडाईका साथ खोजी गर्ने र कारबाहीको दायरामा ल्याउने कार्यमा सरकारले काम गरेको उनले बताए ।

उनले सुन तस्करको जालो वर्तमान सरकारले चिरेको बताउँदै सुन तस्करहरु भागाभाग गरेको बताए ।  लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्शा यस अघिका सरकार हुँदा देखि नै भारतले सार्वजनिक गर्दै आइरहेको भन्दै वर्तमान सरकारले त्यो विषयलाई कुटनैतिक ढङगले टुंगाउन लाएको बताए ।

सांसद गिरीले सरकारको वचाउ गर्दै सवै सुचकहरुमा नेपालको विकास सकारात्मक देखिएको भन्दै सरकारले सन्तोषजनक काम गरीरहेको बताए । उनले वैदेशिक हस्तक्षेप बन्द भएको, मानव विकासका सुचंकाहरुमा सुधार हुदै आइरहेको र आर्थिक विकासका सुचनाहरुमा उल्लेख्य प्रगति हुँदै गएको दावी गरे ।
गिरी पर्वतबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनद्धारा निर्वाचित सांसद हुन ।

भिडियो