२८ मंसीर, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाङराङ वडा कमिटिको सपथ ग्रहण तथा वडा कमिटिको प्रथम वैठक शनिवार सम्पन्न भएको छ । फलेवास नगरपालिका वडा न ११ पाङराङमा दुई पार्टी वीचको एकता पछिको नेपाल कम्युनिष्ट पार्टीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण तथा वडा कमिटिको वैठकमा नेकपाका प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डेले देशले संघियताको स्थापनासंगै गणतान्त्रिक ब्यवस्था मार्फत अग्रगामी विकास निर्माणका कामहरु अगाडि बढाएको बताए ।
उनले वर्तमान सरकारले सवै नागरिकको सम्बृद्धिका लागि उचित र ब्यवस्थित विकास निर्माणका कामहरु अगाडि बढाईरहेको उल्लेख गर्दै सरकारको विरोध गर्ने प्रतिपक्षीले ठाउँ नै नपाएको पाण्डेको भनाई छ ।
देश विकासका लागि वर्तमान सरकारले अगाडि सारेका योजनाहरुले दिर्घकालीन रुपमा देशको विकास हुने धारणा राख्दै पाण्डेले लामो समय पछिको स्थिर सरकारको फाइदा देशले प्राप्त गरेको उल्लेख गरे । रेल, पानी जहाज, खनिज उत्खनन् र प्राकृतिक श्रोतको परिचालनको हिसावले सरकारले विशेष कार्यक्रमहरु ल्याएको उल्लेख गर्दै ति कामहरुको स्थानीय स्तरमा प्रचार गर्न पार्टीका कार्यकताहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा फलेवास नगर कमिटिका अध्यक्ष पिताम्बरे घिमिरे, सचिव शोभा क्षेत्री, जिल्ला कमिटि सदस्य कविता विकस, नेकपाका नेताहरु शिव पौडेल, बाबुराम भुषाल, दुर्गा बहादेर नेपाली, लगाएतले पार्टी एकता र भावी योजनाका विषयमा आफ्नो धारणा राखेका थिए । वडा कमिटिका अध्यक्ष तुलसी कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत चन्द बहादुर कुवर र सञ्चालन दिपक भट्टराईले गरेका थिए ।




