Print

सांसद गिरीद्धारा अर्थमन्त्रीको राजीनामा माग

३० जेठ, पर्वत । बजेट निर्माण प्रक्रियामा अवैधानिक मानिसलाई प्रयोग गरी राजश्वको दररेटमा हेरफेर गरेको आरोपमा अर्थमन्त्री जनादर्न शर्मा आलोचित बनेका छन् । उनले बजेट निर्माणको प्रक्रियामा पूर्व कर्मचारीलाई सुटुक्क मन्त्रालयमा लगेर राजश्वको दर, भन्सार एव्म अन्तः शुल्कमा हेरफेर गरेको विषय सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको हो ।

यसै वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले अर्थ मन्त्रीको राजीनामा माग गरेका छन् । गिरीले राजश्व दर, भन्सार एव्म अन्तः शुल्कमा पूर्व कर्मचारी र ब्यापारीलाई प्रयोग गरी हेरफेर गर्नु गम्भिर अपराध रहेको बताएका छन् । बजेट निर्माणको अन्तिच चरणमा जेठ १४ गते राती पूर्व भन्सार नायव सुम्बा र अर्का ठूला ब्यपारीका एजेण्डलाई मन्त्रालयामा बोलाएर करका दर परिर्वतन गर्नु राज्य माथिको गम्भिर अपराध रहेको गिरीको भनाई छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गिरीेले अर्थमन्त्रीको कामलाई देशद्रोहीकामको संज्ञा दिएका छन् । यस्तो काम गरेका कारण अर्थमन्त्रीले तत्काल राजीनामा दिएर छानवीनको लागि मार्ग प्रशस्त गर्न गिरीले सुझाब समेत दिएका छन् ।

पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित गिरी संसदीय स िमति अन्तर्गत अर्थ समितिका सदस्य समेत हुन् ।